जन्मदिनमा हतियार प्रदर्शन गरेर भिडियो बनाउने गौरीगंगाका युवक पक्राउ

Image
maya metro

अत्तरिया – कैलालीमा जन्मदिनमा हतियार (खुँडा) प्रदर्शन गरेर भिडियो बनाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका– ८ चमारिपुरका ३१ वर्षीय चक्र बहादुर धामी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

nisarga

पक्राउ परेका धामीको जन्मदिन मनाउनेक्रममा खुँडा सहित नाचेको भिडियो केहि दिनअघि सुबास सरकार नामक फेसबुक अकाउन्टबाट सार्वजनिक भएको थियो ।

उनको फेसबुक भिडियोबाट समाजमा डर त्रास उत्पन्न भएको भन्दै प्रहरीले धामीलाई मंगलबार राती उनकै घरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका धामीलाई सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दामा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरक्षीक (डिएसपी) हिरा सिंह महराले बताएका छन् ।