देउडा संस्कृति संरक्षण प्रतिष्ठानको अध्यक्षमा रविन्द्र खड्का चयन

Image
maya metro

अत्तरिया – देउडा संस्कृति संरक्षण प्रतिष्ठानको केन्द्रिय अध्यक्षमा रविन्द्र खड्का चयन भएका छन् । शनीबार (आज) कैलालीको अत्तरियामा सम्पन्न प्रतिष्ठानको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट खड्का सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा लाल बहादुर बोगटी, उपाध्यक्षमा कलावती साउँद र महासचिवमा वृजराज उपाध्याय चयन भएका छन् । त्यस्तै सचिवमा भिम बहादुर बोगटी र रत्ना कुमारी भण्डारी चयन भएका छन् भने कोषाध्यक्षमा शान्ति विष्ट चयन भएकी छिन् ।

nisarga

त्यस्तै प्रतिष्ठानको सदस्यहरुमा दल बहादुर मल्ल, दिल बहादुर खड्का, हुकुम देउवा, शेर बहादुर रोकाया, तारा जोशी, प्रमिशा ऐर, प्रेम भण्डारी, करी साउके र गंगा खत्री चयन भएका छन् ।

प्रतिष्ठानका अध्यक्ष ध्रुर्व बहादुर सिंहको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास मन्त्री सन्तोष रावल प्रमुख अतिथि रहेकी थिइन् ।

कार्यक्रममा बोल्दै रावलले प्रतिष्ठानले लाप हुँदै गइरहेको देउडा भाका जोगाउन महत्वपूर्ण भूमिका खेलेको बताइन् ।

देउडा लगायतका कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले धनगढीमा प्रधान कार्यालय रहेको यस प्रतिष्ठानले विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको जनाइएको छ ।