
अत्तरिया – कैलालीको गोदावरीका एक पुरुष जवरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोदावरी-९ का ४५ वर्षीय झेलु भनिने नवीन चौधरी रहेका छन् ।

चौधरीमाथि गोदावरीकै एक किशोरीमाथी जवरजस्ती करणी गरेको आरोप छ ।
उनलाई आजै पक्राउ गरि थप अनुसन्धान भइरहेको र पीडितलाई स्वास्थ्य परिक्षणको लागि सेती प्रादेशिक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
















