
कञ्चनपुर – कञ्चनपुरमा एक जना मृत भेटिएका छन् । भीमदत्त नगरपालिका–९ बस्ने ५१ वर्षीय देवसिंह कार्की मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले जानकारी दिए ।
उनकाअनुसार बुधबार घरबाट निस्किएका कार्की मटेनामा रहेको रामटोलस्थित कल्भर्ट नजिकै बिहीबार मृत भेटिएका हुन् ।

घटनास्थल कार्य सकेर कार्कीको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको छ ।




























