
महेन्द्रनगर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ मा गए राति जङ्गली हात्तीको आक्रमणबाट एक वद्धाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय झलारीका अनुसार जङ्गली हात्तीको आक्रमणमा परी शुक्लाफाँटा–२ की ६० वर्षीया लक्ष्मी डगौंराको घटनास्थलमै मृत्यु भएको हो ।

यहाँस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तारापुर शिविरमा राति जङ्गली हात्तीको बथान पसेको थियो । हात्तीको बथानले डगौंराको घर भत्काउनुका साथै कुल्चेर लक्ष्मीको ज्यान गएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
घरमा लक्ष्मी र उहाँका श्रीमान् मोहन डगौंरा सुतिरहेका बेला हात्तीको बथान आक्रमण गर्न पुगेको थियो । मोहन भागेर ज्यान जोगाएका छन् ।




























