
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाभित्रका प्याब्सन अन्तर्गतका निजी तथा आवासीय विद्यालयमा भोलि (बुधबार) शोक बिदा हुने भएको छ ।
अत्तरिया स्थित गोदावरी-१ वेदा एकेडेमीका संस्थापक तथा लेखापाल यज्ञराज पाण्डेयको ३२ वर्षको अल्पायुमै निधन भएपछि प्याब्सन (निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल) गोदावरी नगर समितिले शोक बिदा दिने निर्णय गरेको हो ।

प्याब्सन गोदावरी नगर समितिले पाण्डेयको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा वेदा एकेडेमी परिवारप्रति समवेदना प्रकट गरेको छ । समितिको निर्णयअनुसार नगर क्षेत्रका सम्पूर्ण निजी विद्यालयलाई भोलि (बुधबार) शोक बिदा दिन आग्रह गरेको छ ।
प्याब्सन गोदावरी नगर समितिका अध्यक्ष मदनराज जोशी र सचिव प्रकाश मल्लद्वारा जारी वक्तव्यमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।















