सुनको मूल्य तोलामा ६२ सय बढ्यो

Image
maya metro

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन ६२ सय बढेर दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बुधबार दुई लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

nisarga

चाँदीको मूल्य तोलामा १८० रुपैयाँ बढेको छ । महासंघले बिहीबार चाँदी प्रतितोला चार हजार ४५० रुपैयाँ तय गरेको छ ।

चाँदी बुधबार प्रतितोला चार हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।