
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा २०८३ सालको भर्ना अभियान आजदेखि (वैशाख ७ गते) सुरु हुने भएको छ।
नगरपालिकाको गत शुक्रबार बसेको कार्यपालिकाको वैठकले वैशाख ७ गतेदेखि भर्ना अभियान सुरु गर्ने निर्णय गरेको थियो । त्यस्तै वैशाख १५ गतेदेखि पठनपाठन सुरु गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

यसअघि नेपाल सरकारले वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि अध्ययन, अध्यापनको कार्य सुरु गर्ने निर्णय गरी सोहीअनुसार शैक्षिकसत्र अगाडि बढाउन पालिकाहरुलाई पत्राचार गरेको थियो ।
















