बुढीतोलामा पर्यटक आकर्षित गर्न पुतली बगैचा (फोटो फिचर)

Image
maya metro

अत्तरिया – कैलालीको बुढीतोलामा पर्यटक आकर्षित गर्न पुतली बगैचा निर्माण गरिएको छ ।

nisarga

बुढीतोला क्षेत्र पर्यटन प्रवद्धन समिति तथा बजार व्यवस्थापन समितिले भिमदत्त राजमार्ग पुतली बगैचा निर्माण गरेको हो ।

राजमार्ग छेउका रुखहरुमा विभिन्न जातका पुतलीहरु टाँसिएको हो ।

पर्यटकिय गतिविधि बढाउने उदेशयले बुढीतोलामा वैशाख १७ गतेदेखि पर्यटन महोत्सव आयोजना गरिँदै छ ।

सुदूरपश्चिम प्रदेशको प्रवेशद्धार कैलालीको अत्तरिया चौराहबाट करिब २० किलोमिटर उत्तरतर्फ रहेको बुढीतोला प्राकृतिक दुष्टिकोणले सुन्दर मानिन्छ ।

सुदूरपश्चिमका सातवटै पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्गमा पर्ने बुढीतोलामा कैलाली, कञ्चनपुरलगायतका ठाउँहरुबाट मानिसहरु गर्मी छल्न जाने गर्दछन् ।