समन्वय समितिले विश्वविद्यालय सभाको दोस्रो वैठकमा तीन माग पेश गर्ने, थप जग्गा प्राप्तीको पहल पनि गर्ने

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-५ मा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय समन्वय समितिले विश्वविद्यालय सभाको दोस्रो वैठकमा तीन वटा माग पेश गर्ने भएको छ ।

nisarga

समन्वय समितिको आज अत्तरियामा बसेको वैठकले शिक्षा मन्त्री समेतको सहभागितामा चैत्र २५ गते बस्ने विश्वविद्यालय सभाको दोस्रो वैठकमा विभिन्न मागहरु राख्ने निर्णय गरेको हो ।

जसमध्य आगामी शैक्षिक सत्रबाट सम्पूर्ण शैक्षिक कार्यक्रम सञ्चालन गर्न माग गर्ने निर्णय समितिले गरेको छ ।

त्यस्तै विश्वविद्यालय हाताभित्र शहिद दशरथ चन्द पार्क निर्माणका लागि १० कठ्ठा जग्गाको सुनिश्चितता माग गर्ने, स्थानीय स्वायक्त ऐन अनुसार शिक्षा, स्वास्थ्य र रोजगारीमा स्थानीयबासीका लागि निश्चित कोटा निर्धारणको माग गर्ने निर्णय भएको समितिका संयोजक लोकराज पाण्डे (आगो)ले बताएका छन् ।

त्यस्तै विश्वविद्यालयलाई भविष्यमा जग्गा अपुग हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै थप २० विद्या जग्गा प्राप्तीको पहल गर्ने निर्णय पनि वैठकले गरेको छ ।

उक्त वैठकले विश्वविद्यालयका उपकुलपति र रजिस्टारसंग छलफल गर्ने निर्णय पनि गरेको संयोजक पाण्डेले बताएका छन् ।

शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय सभाको पहिलो वैठक गत असोजमा तत्कालिन शिक्षामन्त्रि महाविर पुनको अध्यक्षतामा काठमाडौंमा बसेको थियो ।