जिल्ला स्तरीय नृत्य प्रतियोगिताको सेमिफाइनलमा क्रिस्टल नाथ, भोटका लागि अपिल

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी-१ अत्तरियाकी क्रिस्टल नाथ जिल्ला स्तरीय नृत्य प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भएकी छिन् । क्रिस्टललाई विजयी बनाउन उनका परिवार तथा आफन्तले भोट गरी सहयोग गरिदिन अपिल गरेका छन् ।

क्रिस्टल सेमिफाइनलमा प्रवेश गरेसँगै अबको चरण पार गर्नका लागि दर्शक तथा शुभेच्छुकको भोट आवश्यक रहेको भन्दै सहयोगका लागि अनुरोध गरेका हुन्।

nisarga

क्रिस्टल नाथलाई भोट गर्न सर्वप्रथम मोबाइलमा इसेवा एप खोल्नुपर्नेछ । त्यसपछि तल स्क्रोल गरी ‘भोटिङ एण्ड इभेन्ट्स’ मा प्रवेश गर्नुपर्नेछ । त्यसपछि ‘डिस्ट्रिक्ट लेभल स्कुल डान्स’ प्रतियोगितामा गई ‘ओपन’ गर्नुपर्नेछ ।

त्यसपछि खोजी विकल्पमा ‘क्रिस्टल नाथ’ नाम टाइप गरी वा भोटिङ कोड २० प्रयोग गरेर पनि क्रिस्टल नाथलाई खोज्न सकिनेछ । क्रिस्टल नाथको नाम चयन गरी आफ्नो भोट प्रदान गर्न सकिनेछ ।

क्रिस्टललाई असोज १७ गतेसम्म भोट गर्न सकिनेछ । परिवारले क्रिस्टललाई सेमिफाइनलबाट थप अगाडि बढाउन आफ्नो अमूल्य भोट दिएर सहयोग गर्न आग्रह गरेको छ । प्रतियोगिताको फाइनल नृत्य कार्तिक १० गते हुँदै छ ।