
अत्तरिया – नेपाली कांग्रेस कैलालीको गोदावरी नगर सभापतिमा रविन्द्र शाही ‘गुड्डु’ चयन भएका छन् ।
गोदावरी नगरपालिका–१० का वडाध्यक्षसमेत रहेका शाही कांग्रेसको नगर अधिवेशनबाट सभापतिमा निर्विरोध चयन भएका हुन् ।

नगर कार्यसमितिको उप सभापतिमा मिना जोशी र धन बहादुर खत्री चयन भएका छन् भने सचिवमा बम बहादुर बोगटी र सह सचिवमा नवराज ओझा चयन भएका छन् ।

त्यस्तै २९ जना सदस्यमा चयन भएका छन् भने दुई जना जिल्ला सदस्यमा चयन भएका छन् ।
नगर समितिको अधिवेशन आज सम्पन्न भएको हो ।
यस कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का ३० वटै वडाको अधिवेशन सम्पन्न भइसकेको छ ।















