होटल व्यवसायी महासंघको केन्द्रिय उपाध्यक्षमा अत्तरियाकी धना चोखाल, सुदूरपश्चिमबाट अरु को को ?

Image
maya metro

अत्तरिया – होटल व्यवसायी महासंघको १३ औं वार्षिक साधारण सभा सम्पन्न कास्कीको पोखरामा भएको छ । शनीबार सम्पन्न भएको साधारण सभाले टीआर भण्डारी (शंकर)को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको केन्द्रिय उपाध्यक्षमा कैलालीको अत्तरियाकी धना चोखाल चयन भएकी छिन् । अत्तरियामा रहेको सत्कार होटलकी सञ्चालक चोखाल यसअघि महासंघकी उपाध्यक्ष महिला पदमा थिइन् ।

nisarga

साधारण सभाबाट सुदूरपश्चिम प्रदेशबाट विभिन्न पदमा चोखालसहित १२ जना पदाधिकारीहरू चयन भएका छन् । जसमध्य होटल व्यवसायी महासंघका पूर्व प्रशासन उपाध्यक्ष तथा होटल व्यवसायी संघ टिकापुरका निवर्तमान अध्यक्ष वीरमन्जन बटाला संगठन उपाध्यक्षमा चयन भएका छन् ।

त्यस्तै होटल व्यवसायी महासंघ नेपालका निवर्तमान पर्यटन सचिव एवम् होटल व्यवसायी संघ कैलालीका निवर्तमान अध्यक्ष कलम बहादुर बम पर्यटन उपाध्यक्षमा चयन भएका छन् ।

होटल व्यवसायी महासंघ नेपालका निवर्तमान सदस्य भरतकुमार भट्टराई पर्यटन सचिवमा चयन भएका छन् । त्यस्तै होटल व्यवसायी सघं कैलालीका अध्यक्ष केशव दत्त पाण्डे,गोदावरी होटल व्यवसायी संघका अध्यक्ष लक्ष्मणबहादुर धामी सदस्यमा चयन भएका छन् ।

सदस्यहरुमा सुदूरपश्चिमबाट निशाद विक्रम बम, राधिका लम्साल, बसन्ता भण्डारी ,माया चौधरी ,मोतिलाल ओली र प्रजापति जोशी प्रकाश सदयस्यमा चयन भएका छन् । महासंघको केन्द्रिय समिति ८६ जनाको हुने व्यवस्था रहेको छ ।