कञ्चनपुरमा विद्युत् सर्ट हुँदा आगलागी

Image
फाइल फोटो
maya metro

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ जुडामा विद्युत् लाइन सर्ट हुँदा गाईगोठमा आगलागी भएको छ।

शनिबार दिउँसो स्थानीय माया विष्टको काठले बनेको र टायलले छाएको दुईतले कच्ची गाईगोठमा विद्युत् लाइन सर्ट भई आगलागी भएको हो।
आगलागीबाट अन्दाजी १ लाख १० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

nisarga

आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।