
अत्तरिया – नेपाली कांग्रेसको नियमित महाधिवेशनअन्तर्गत शेरबहादुर देउवा पक्षले देशभर नगर अधिवेशन आजदेखि सुरु गरेको छ। सोही क्रममा कैलालीको गोदावरी नगरपालिकामा पनि नेपाली कांग्रेसको नगर अधिवेशनको उद्धघाटन सत्र सम्पन्न भएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य निर्पबहादुर ओडको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको अध्यक्षता पार्टीका नगर सभापति वीरबहादुर चोखाले गरेका थिए। अधिवेशनमा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

अधिवेशनका क्रममा सहभागी नेताहरूले नेपाली कांग्रेसको विशेष महाधिवेशन कुनै पनि हालतमा वैधानिक नभएको दाबी गरेका छन्।
उनीहरूले पार्टीका महामन्त्री गगन थापाले विधान विपरीत विशेष महाधिवेशन आह्वान गरेको आरोप लगाए ।
देउवा पक्षका नेताहरूले विशेष महाधिवेशनको नाममा पार्टी कब्जा गर्ने उद्देश्य राखिएको दाबी गर्दै अदालत र निर्वाचन आयोगसमेत प्रभावमा पारेर प्रक्रिया अघि बढाइएको आरोप लगाए ।
शेरबहादुर देउवा कमजोर भएको अवस्थामा पार्टीको अभिभावकत्व कमजोर बनाउँदै थापाले पार्टी कब्जा गर्न खोजेको उनीहरूको आरोप थियो । कुनै पनि दवाव र प्रभावमा नपरी विशेष महाधिवेशनमा नगएकाहरु नै सच्चा कांग्रेस भएको उनीहरुले बताएका छन्।
अधिवेशन अन्तरगत उद्धघाटन सत्र सम्पन्न भइसकेको छ भने अहिले बन्दसत्र चलिरहेको छ । सोही बन्दसत्रले नै कांग्रस गोदावरीको नयाँ नेतृत्व चयन गर्नेछ ।















