जग्गाको पुर्जा भए पनि उपभोग गर्न नपाएको भन्दै वन कार्यालय पुगे श्रीलंकाबासी

Image
maya metro

अत्तरिया – आफूसँग जग्गाको पुर्जा भए पनि आफ्नो जग्गा उपभोग गर्न नपाएको गुनासो गरेका छन्।

उनीहरूले लामो समयदेखि भोग्दै आएको समस्याबारे सोमबार सब–डिभिजन वन कार्यालय धनगढीसँग छलफल गरेका छन्।

nisarga

छलफलका क्रममा स्थानीयवासीले पुर्जा रहेको आफ्नो जग्गा उपभोग गर्न नपाउँदा समस्या भएको भन्दै समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए।

सम्बन्धित समाचार

बाढीपछि छाडेको जमिनमा वन हुर्कियो, नदीले धार फेरेपछि फर्किने बाटो खोज्दै श्रीलंकाबासी

छलफलमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कैलाली जिल्ला इन्चार्ज रुद्र कडेल, क्रान्तिकारी किसान महासंघ नेपालका प्रदेश संयोजक टंक कोइराला लगायतका नेताहरूले समन्वय गरेका थिए ।

कार्यक्रममा वन कार्यालयका प्रतिनिधिहरूले समस्या र स्थानीयवासीका गुनासा सुन्दै आवश्यक प्रक्रिया र समाधानका विषयमा छलफल गरेका थिए ।

वन कार्यालयले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने विषयमा आवश्यक समन्वय र प्रक्रियागत सहजीकरण गर्ने जनाएको छ ।