अत्तरियामा आयोजित स्वास्थ्य युवा महोत्सव सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा आयोजित छ दिने स्वास्थ्य युवा महोत्सव सम्पन्न भएको छ। मंसिर २ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले उद्घाटन गरेको महोत्सव आज सम्पन्न भएको हो।

महोत्सवमा छ दिनको अवधिमा हजारौँ नागरिकले विभिन्न स्वास्थ्य सेवा लिएका छन् भने सयौँलाई मनोपरामर्श, लागूऔषध न्यूनीकरण, पाठेघरसम्बन्धी समस्या तथा अन्य स्वास्थ्य विषयमा जानकारी र सचेतना प्रदान गरिएको छ।

nisarga

महोत्सव अवधिभर विभिन्न प्रकारका स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका थिए। त्यसैगरी स्वास्थ्य शिक्षा, मानसिक स्वास्थ्य, लागूऔषध न्यूनीकरणलगायतका विषयमा प्यानल डिस्कसनसमेत आयोजना गरिएको थियो।

महोत्सवको समापन कार्यक्रममा स्वास्थ्य तथा शिक्षा क्षेत्रका व्यक्तित्व, विभिन्न संघसंस्थाका प्रतिनिधि, उद्योगी, व्यवसायी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

महोत्सवले नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउनुका साथै स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास छ।

सुदूरपश्चिम प्रदेश चेम्बर अफ कमर्स, कैलाली चेम्बर अफ कमर्स र गोदावरी चेम्बर अफ कमस, सुदूरपश्चिम प्रदेश युवा चेम्बर अफ कमर्स, र सम्वृद्ध सुदूरपश्चिम अभियानको आयोजनामा सम्पन्न महोत्सवको मुख्य प्रवद्र्धक गोदावरी नगरपालिका रहेको थियो। महोत्सवलाई विभिन्न संघसंस्था तथा निकायले प्रायोजन गरेका थिए।