कैलाली र कञ्चनपुरबाट १ लाख १४ हजारका भन्सार छलीका सामान बरामद

Image
फाइल फोटो
maya metro

धनगढी – कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले १ लाख १४ हजार ५०० रुपैयाँ बराबरका भन्सार छली गरी ल्याइएका सामान बरामद गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–१९ लल्लिपुर घाटबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका २४ हजार रुपैयाँ बराबरका बोइलर कुखुरा प्रहरीले बरामद गरेको हो ।

nisarga

शनिबार इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा कुखुरा फेला पारेको थियो । आवश्यक प्रक्रिया पूरा गरी स्थानीय तथा जनप्रतिनिधिको रोहवरमा कुखुरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, कञ्चनपुरका विभिन्न स्थानबाट ९० हजार ५०० रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा पेय पदार्थ, बिँडी, सुर्ती, दाल, सर्फ, चकलेट, सेतो सिमेन्ट र एक थान फ्रिज फेला पारेको हो ।

बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।