
लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको उपाधि जितेको छ । योसँगै टोलीले उपविजतोको ‘डेडलक’ तोडेको छ ।
यसअघिका दुवै सिजन फाइनलमा पुग्दा सुदूरपश्चिमले क्रमशः पाँच र ६ विकेटको हार व्यहोरेको थियो ।

लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सका ओपनर जर्ज मुन्सेले शतक प्रहार गरेका छन्।
उनले ४९ बलमा ८ चौका र ८ छक्कासहित शतक प्रहार गरेका हुन्। एनपीएलमा शतक प्रहार गर्ने उनी छैटौं खेलाडी हुन्।
यस संस्करणमा शतक प्रहार गर्ने उनी तेस्रो खेलाडी हुन्। यसअघि, पोखरा एधेन्जर्सका युवराज सम्रा र चितवन राइनोजका कामिल मिशराले शतक प्रहार गरेका थिए।



















