पिएम कप सुदूरपश्चिम छनोटको उपाधि कञ्चनपुरलाई

Image
maya metro

बैतडी – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटको उपाधि कञ्चनपुरले जितेको छ।

आज भएको फाइनलमा बैतडीलाई ३८ रनले पराजित गर्दै कञ्चनपुरले उपाधि हात पारेको हो।

nisarga

कञ्चनपुरले दिएको १ सय ९६ रनको लक्ष्य पन्छाएको बैतडी १ सय ५७ रनमा अलआउट भयो।

बैतडीका लागि गजेन्द्र बोहराले सर्वाधिक २६ रन बनाए पनि हार टार्न सकेनन्।

कञ्चनपुरका आदित्य महताले ३,अर्जुन साउद र प्रकाश विष्टले २/२ विकेट लिए।

त्यसअघि कभर्डहल मैदानमा पहिला ब्याटिङ गरेको कञ्चनपुरले  निर्धारित  ४० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९५ रन जोड्यो।

जसमा अनुराग सिंहले ४७ र हेमन्त धामीले ४२ रन बनाए। बैतडीका लागि जगदीश चन्दले सर्वाधिक ३ विकेट हात पारे।

कञ्चनपुरका आदित्य महता म्यान अफ द म्याच चुनिएका सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिए।

पुस १४ गतेदेखि शुरु भएको प्रदेशस्तरीय छनोट प्रतियोगितामा यहाँका ८ जिल्लाका टोलीको सहभागिता थियो।

सहभागीमध्ये उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छनोट गरेर सुदूरपश्चिमको टोली बनाइनेछ।

उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ।

नेपाल क्रिकेट संघको आयोजनामा  प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ देखि गतेदेखि काठमाडौंमा हुँदैछ।