गोदावरीको लालपुरबाट लागुऔषधसहित दुई जना पक्राउ

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–६ लालपुरबाट लागुऔषध (खैरो हेरोइन) जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लालपुरकै २७ वर्षीय प्रकाश चोखाल र १९ वर्षीय अविषेक चौधरी रहेका छन्।

प्रहरीका अनुसार मंसिर ५ गते साँझ करिब ५ः३० बजे विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

nisarga

प्रहरी टोलीले प्रकाश चोखालको घरकोठामा जाँच गर्ने क्रममा लागुऔषध सेवन गरिरहेको अवस्थामा दुवै जनालाई फेला पारेको थियो। सोही क्रममा चोखालको घरबाट शुद्ध तौल ३ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।