
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२ स्थित अत्तरियामा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका नवनिर्वाचित पदाधिकारीले लिए शपथ लिएका छन् ।
संस्था सभाहलमा निर्वाचन समितिले उनिहरुलाई शपथ खुवाएको हो ।

संस्थाको नयाँ नेतृत्व चयनका लागि शनीबार भएको मतदानबाट अध्यक्षमा राजेन्द्र बहादुर खड्का,उपाध्यक्षमा लक्ष्मण बहादुर कठायत,महासचिवमा धर्मसिंह कुँवर, कोषाध्यक्षमा भोज बहादुर साउद र सचिवमा छविन्द्र नाथ योगी विजयी भएका थिए ।
त्यस्तै सदस्यहरुमा रमेश कडायत, धर्मराज भट्ट, चन्द्रा कुमारी कठायत, जमुना देवी साउद, खिमा देवी ओझा र राधा विष्ट कुँवर निर्वाचित भएका थिए ।














