इप्रका मालाखेतीका प्रमुख चन्दको सरुवा, महरा आउने

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय मालाखेती (इप्रका) का प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रण बहादुर चन्दको सरुवा भएको छ ।

प्रहरी महानिरीक्षकको मिति २०८३/ ०२/ १ गतेको निर्णयानुसार चन्दको जिल्ला प्रहरी कार्यालय डोटी सरुवा भएको हो ।

nisarga

उनको ठाउँमा सुदूरपश्चिम गम्भीर अपराध अनुसन्धान शाखा धनगढीबाट डिएसपी हिरा सिंह महरा आउने भएका छन् ।

नेपाल प्रहरी विशेष सुरक्षा गण तनहुँ दरबन्दी भएका महरा काजमा इप्रका मालाखेती आउन लागेका हुन् ।

नेपाल प्रहरीले एकै दिन १४९ डीएसपी र ४६ एसपीको सरुवा गरेको हो ।