शिला उत्पन्न भएको दाबी गरिएको क्षेत्रमा लगाइएको घेरबार र पिल्लर हटाइयो

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२ स्थित अत्तरिया बसपार्क छेउको दुर्गालक्ष्मी सामुदायिक वनभित्र केही दिनअघि शिला उत्पन्न भएको दाबी गरिएको क्षेत्रमा लगाइएको घेरबार र गाडिएका पिल्लर हटाइएको छ।

उक्त क्षेत्रमा ३३ कोटी देवता रहेको भन्दै स्थानीयले घेरबार गर्नुका साथै सिमानामा पिल्लरसमेत गाडेका थिए।

nisarga

तर, बुधबार दुर्गालक्ष्मी सामुदायिक वनले उक्त घेरबार र पिल्लर हटाएको हो। साथै, त्यहाँ राखिएका पूजा सामग्री गोदावरी नदीमा विसर्जन गरिएको छ।

दुर्गालक्ष्मी सामुदायिक वनकी अध्यक्ष शिवा कडायतले उक्त क्षेत्रमा कुनै दैवीय शक्ति वा शिला उत्पन्न भएको नभई बाहिरबाट ढुंगा ल्याएर राखिएको बताइन्। वन अतिक्रमण गर्ने उद्देश्यले यस्तो गतिविधि गरिएको उनको भनाई छ।

अध्यक्ष कडायतले शिला उत्पन्न भएको भन्दै अफवाह फैलाउने व्यक्तिहरूलाई कारबाही गर्नसमेत माग गरेकी छन्।