गोदावरीमा इभी हाइस र मिनी ट्रक ठोक्किए

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरीमा इभी हाइस र मिनी ट्रक एक आपसमा ठोक्किएका छन् ।

सोमबार आज अपरा्रह पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका वडा नम्बर-६ स्थित लालपुरमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सुपप्र०१००१क १६४० नम्बरको मिनी ट्रकलाई सोही दिशाबाट आइरहेको सुपप्र०१००१ज १५४८ नम्बरको इभी हाइसले ओभरटेक गर्नेक्रममा ठक्कर दिएको हो।

nisarga

दुर्घटनामा इभीमा सवार बर्दगोरीया-५ बौनीया की २६ वर्षीय निर्मला राना घाइते भएकी छिन्।

उनको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ।

मिनी ट्रकसहित चालक डडेल्धुरा आलीताल गाउँपालिका ७ का २४ वर्षीय अर्जुन माली र इभी हाइससहित चालक धनगढी १३ बस्ने ४२ वर्षीय इश्वर निक्लेलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको जनाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।