बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

Image
maya metro

बाजुरा – धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको दर्शन तथा घुम्न गएका एक आन्तरिक पर्यटक मृत अवस्थामा फेला परेका छन् ।

बडीमालिकाको दर्शनसँगै घुम्न गएर सम्पर्कविहीन भएका कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा मृत फेला परेको प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए ।

nisarga

आइतबार बिहान सम्पर्कविहीन युवकको खोजीका लागि सदरमुकामबाट हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली खटिएको थियो ।

लगातार मौसम खराबीका कारण चिसो र हिमपात भएपछि चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी रिजालको भनाइ छ ।