बैतडीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ

Image
maya metro

धनगढी – बैतडीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको डिलाशैनी गाउँपालिका-५ का वडा सदस्यका उम्मेदवार ६० वर्षीय हरिराम साउँदमाथि खुकुरी प्रहार गरेको आरोपमा डिलाशैनी-५ कै २७ वर्षीय अजित साउँदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

पीडितको आरोपका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले बताए। साउँदलाइ नियन्त्रणमा लिई सोधपुछ भइरहेको र घटनामा संलग्न अन्यको पनि खोजि भइरहेको उनले बताए। वडा सदस्यका उम्मेदवार साउँदमाथि सोमबार राति खुकुरी प्रहार भएको थियो। उनलाई गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याइएको बताइएको छ।

nisarga