
बैतडी – बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जिल्ला अदालत भित्रै आइतबार एक कार्यक्रमको आयोजना गरेर मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको हो ।
असोज २३ गते प्रत्यक्ष तर्फको मनोनयन दर्ता गर्ने मिति तय भएकाले निर्वाचन कार्यक्रम अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका अनुसार निर्वाचनका सम्पूर्ण काम अघि बढाउने छ भने निर्वाचन आचारसंहिता पालना गरे नगरेको बिषयमा समेत अनुगमन गर्नेछ ।

















