बाजुराका ४३ मतदान केन्द्र अतिसंवेदनशील

Image
maya metro

बाजुरा – बाजुरा जिल्लाका ४३ मतदान केन्द्र अति संवेदनशीलको सूचीमा रहेका छन्। जिल्लाका जम्मा ७० मध्ये ४३ लाई अति संवेदनशील मतदानस्थल मानिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

यस्तै जिल्लामा २३ संवेदनशी मतदानस्थल रहेका छन्। त्यस्तै चार मतदानस्थल मात्रै सामान्य अवस्थाका छन्।

nisarga

प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई सदस्यको निर्वाचन हुने बाजुरा जिल्लामा ७० मतदान स्थलमा एक सय १२ मतदान केन्द्र कायम भएका छन्। बाजुरामा महिला ४० हजार पाँच सय ३७, पुरुष ४२ हजार एक सय ५१ र अन्य दुई गरि जम्मा ८२ हजार आठ सय ९० मतदाता रहेका छन्।