अछाम १ मा समाजवादीका कुँवर विजयी

Image
maya metro

अत्तरिया – प्रतिनिधिसभा तर्फको निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर निर्वाचित भएका छन्।

कुँवरले १९ हजार ५३४ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहरालाई पराजित गरेका हुन्।

nisarga

बोहराले १५ हजार ४५ मत मात्र प्राप्त गरे। स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३९२ मत ल्याएका छन्।