डोटीका भूकम्प पिडितलाई काठमाडौं महानगरको १० लाख सहयोग

Image
maya metro

डोटीका भूकम्प पिडितलाई काठमाडौं महानगरले आर्थिक सहयोग गरेको छ।

काठमाडौं महानगरपालिकाले डोटीमा भूकम्पबाट घर भत्केर विचल्लीमा परेका परिवारलाई १० लाख रुपैयाँ सहयोग गरेको हो। डोटीमा कार्तिक २३ मा आएको ६.६ रेक्टर स्केलको भूकम्पले ३८ सय घरटहरा भत्किएको थियो।

nisarga

महानगरमा डोटीका भूकम्प पीडितका लागि सहयोगको अनुरोध आएपछि महानगरबाट विपद व्यवस्थापन अन्तर्गतको बजेटबाट गाउँपालिकालाई १० लाख सहयोग गरेको हो।