बस्ती जोगाउन तटबन्धन,वन्यजन्तु रोक्न मेषजाली

Image
maya metro

अत्तरिया – कञ्चनपुरको राधा नदी किनारको बस्ती जोगाउन तटबन्धन निर्माण गरीएको छ । तराइ भु–परिधी कार्यक्रम (TAL) ले वेदकोट नगरपालीका वडा नम्बर १,रडाहा स्थीत राधा नदीमा तटबन्धन निर्माण गरेको हो । तटबन्धन निर्माणपछी बस्ती कटानको क्रम रोकिएको करिब २५ वर्षदेखी रडाहामै बस्दै आएकी कलावती शाहले बताईन् । नदी कटानकै कारण पहिले पहिले खेती गर्दै आएको भु–भाग पनी बगरमा परिणत भएको उनले बताईन ।

अहिले सोहि बगरमा तारजाली लगाएर ताल (TAL)कै सहयोगमा विभीन्न खालका बोटविरुवा रोपीएको छ । ताल (TAL)ले नदी किनारमा तटबन्ध निर्माण गरी तटीय क्षेत्रमा तारवार गरेर वृक्षारोपण समेत गरेको छ । जस्का कारण तटीय क्षेत्र समेत हराभरा बनेका छन् । तटीय क्षेत्रमा बाँस,अमरेसो लगायतका बिरुवा रोपीएको छ जस्का कारण स्थानीय आयआर्जनमा समेत जोडीएका छन् ।

वन्यजन्तु रोक्न मेषजाली
नेपालका विभीन्न जिल्लाका वन क्षेत्रमा २२ वर्षदेखी काम गर्दै आएको तराइ भु–परिधी कार्यक्रम (TAL) ले वेदकोट नगरपालीका वडा नम्बर १, २ र ९ मा पर्ने राधा,पथरिया लगायतका नदीमा मेषजाली लगाएको छ । मानव – वन्यजन्तु द्धन्द न्युनिकरणकालागी मेषजाली लगाईएको चुरे संरक्षण संजाल कञ्चनपुरका अध्यक्ष रविन्द्र कुँवरले जानकारी दिए । रडाहा लगायतका बस्तीमा बँदेल,चित्तल हात्ति,बाघ को बाक्लो आवतजावत हुने गर्दछ । बस्तीको किनाराबाट मेष जाली लगाईएको हुँदा बँदेल,चित्तलहरु बस्ती र खेतीयोग्य जमीनमा प्रवेश गर्नेक्रम रोकिएको उनले बताए ।

मेषजाली १० किलोमिटर क्षेत्रफलमा लगाईएको छ । वेदकोट मध्यवर्ती उपभोत्ता समितिका कोषाध्यक्ष गणेश बहादुर रोकायाले मानव – वन्यजन्तु द्धन्द न्युनिकरणको पहिलो प्राथमिकतामा मेषजाली रहेको बताए । मेषजालीले हात्ति र बाघलाई त रोक्दैन उनले भने “तर बदेँल,चित्तल निलगाईहरु भने जाली नाघेर प्रवेश गर्न सक्दैनन् ।”वेदकोट नगरपालीकाका वडा नम्बर १, २ र ९ मा जंगली जनावरले मानविय क्षति तथा खेतीबाली नष्ट गर्दै आएका थिए । मेषजालीले एकातिर खुल्ला चरिचरण तथा अतिक्रमण रोकेको छ भने अर्कोतिर वन्यजन्तुबाट हुनसक्ने सम्भावित क्षति न्युनिकरण गरेको छ ।

उत्त तारवारकाट रडाहाका १२५ घरधुरी लाभान्वित भएका छन् । ताल (TAL)ले गत जेठ महिनामा शुक्लाफाटा राष्ट्रीय निकुञ्ज,राधा नदी तटीय क्षेत्र पुर्नउत्पादन उपभोक्ता समिति,चुरे संरक्षण संजाल नेपालसंगको सहकार्यमा करिब १ लाखको लागतमा मेषजाली लगाएको हो । ताल (TAL)ले कञ्चनपुरका २३ ओटा सामुदायिक वनका उपभोत्तासंग सहकार्य गरी काम गर्दै आएको छ । वन किनाराका स्थानीयलाई सुधारीएका खोर,डोेड पनी उपलब्ध गराएको छ ।

nisarga