गोदावरी नगरापालीकाले नदिजन्य पर्दाथ निकासी गर्दा अनाधिकृत बिल प्रयोग गरेको भन्दै विरोध,के हो वास्तविकता?

Image
गोदावरी नगरपालीकाले सम्झौता गरेका दुई ओटा क्रेसरलाई दिने गरेको प्रमाण रुपी कागज
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाले वडा नम्बर ८ स्थीत खुटीया नदिबाट नदिजन्य पर्दाथ निकासीगर्दा अनाधिकृत बिल प्रयोग भएको भन्दै विरोध भएको छ । नदिजन्य पर्दाथ निकासीमा नगरपालीकाले भ्याट बिल प्रयोग गर्नुको सट्टा सादा सेतो कागजमा छाप लगाएर बिलको रुपमा प्रयोग गरेपछी सामाजिक सञ्जालमा विरोध भएको हो । नेकपा एमालेका गोदावरी नगर अध्यक्ष गोकर्ण भट्टले नगर सरकारले बिक्री भए बमोजीमको राजस्व दाखीला गर्नुको साटो उधारो कारोबार गरीरहेको बताए ।

उनले आफ्नो सामाजिक सञ्जालमा सादा सेतो कागजमा नगरको छाप सहित पैसा र गाडीको डिटेलबारे लेखीएका कुपनहरु शेयर गर्दै गोदावरी नगरपालीका भ्रष्टाचारीहरुको अखडा भएको टिप्पणी गरेका छन् । गोदावरी नगरपालीकाले नदिजन्य पर्दाथ संकलनमा गरेको भ्रष्टाचार विरुद्ध अखित्यारमा उजुरी दिने तयारी गर्न समेत उनले आग्रह गरेका छन् । अन्य थुप्रै व्यत्तिले समेत नगरपालीकाको उत्त कार्यको चर्को विरोध गरेका छन् ।

nisarga
                                 गोदावरी नगरपालीकाले सम्झौता गरेका दुई ओटा क्रेसरलाई दिने गरेको प्रमाण रुपी कागजको ठेली

तर गोदावरी नगरपालीकाले भने सामाजिक सञ्जालमा आए जस्तो वास्तविकता नभएको र क्रेसर संग व्यवहारीकता मिलाउनकालागी उत्त सादा कागज प्रयोग भएको बताएको छ । क्रेसरले दिनहुँ पैसा दिन नसकिने महिनाको अन्तीममा हिसाब गरेर एकमुस्ट बुझाउने र त्यतिबेलै भ्याट बिल,नददी रसिद लिने भनेर भएको सम्झौता बमोजिम बाटोमा चेकिंगमा पर्दा सहज होस् भनेर छाप लगाएर त्यो सादा कागज प्रयोग गरीएको हो नदिजन्य पर्दाथ अनुगमन समितिका संयोजक देवराज भट्टले भने “त्यसको एउटा प्रति हामीसंगै रहन्छ ,महिनाको अन्तीममा त्यहि प्रतिको आधारमा क्रेसरले हिसाव गर्ने सहमति भएको छ ।”

सम्झौता गरेका दुई ओटा क्रेसर्र बोहकका नदिजन्य पर्दाथ उठाउने सवारीलाई दिने गरेको बिल

विगतका वर्षहरुमा पनी क्रेसरले सोहि सम्झौता गर्दै आएका रहेछन् ,यसपटक पनी त्यसै गर्न उनीहरुले आग्रह गरेपछी हामीसंग प्रमाण स्वरुप सो कागज दिन थालीएको हो संयोजक भट्टले भने । हाल नगरपालीकाले श्रीपुर क्रेसर र वेस्टर्न क्रेसरका नदीजन्य पदार्थ उठाउने सवारी साधनलाई सेतो सादा कागजमा नगरपालीकाको छाप सहितको कुप्पन दिने गरेको छ । क्रेसर बाहेकका गाडीलाई भने भ्याट बिल नै दिने गरीएको बताईएको छ ।

नगरपालिकाले आफ्नो क्षेत्रभित्रका तीन ओटा खोलाहरु खुटिया,गोदावरी र खैरानामा ठेक्का नपरेपछी आँफै नदीजन्य पदार्थ उठाउन थालेको हो ।