कम्बल वितरण गर्न निर्णय पर्खीदै गोदावरीको विपद् व्यवस्थापन शाखा

Image
maya metro

अत्तरिया – तीनदिनदेखीको शीतलहरका कारण कैलाली र कञ्चनपुरमा चिसो अत्याधिक बढेको छ । यि दुईजिल्ला शीतलहरबाट प्रभावित हुने जिल्लाहरुमा पर्दछन् । शीतलहरबाट कमजोर आर्थीक अवस्था भएका व्यत्ति,जेष्ठ नागरिक,दिर्घरोगी,अपांगता भएका व्यत्ति लगायत सुत्केरीहरु बढी मारमा छन् । शीतलहरको जोखिम न्युनीकरणकालागी स्थानीय तहसंग विपद् व्यवस्थापन कोष हुन्छ ।

कैलालीको गोदावरी नगरपालीकाको विपद् व्यवस्थापन शाखासंग १ करोड रुपैया मौज्दात रकम छ तर उत्त रकम खर्च गर्न शाखा कार्यपालीका वैठकको निर्णय पर्खेर बसेको छ । वातावरण तथा विपद् व्यवस्थापन शाखा अन्र्तगतको उत्त कोषमा मौज्दात रकम भएपनी निरन्तरको शीतलहरमा पनी खर्च भने गरीएको छैन । विपद् व्यवस्थापन कोषका संयोजक एवम् गोदावरी नगरपालीका वडा नम्बर ४ का अध्यक्ष हेमप्रकाश मल्लले शीतलहरमा दाउरा र कम्बल वितरण गर्ने पुर्व योजना भएपनी कार्यपालीका वैठकबाट निर्णय पारीत हुन बाँकी रहेकोले कम्बल वितरण गर्न नसकिएको बताए ।

nisarga

सामुदायकि वनहरुसगं सहकार्य गरी दाउरा वितरण भने गरीरहेको उनले बताए । “हामीले अत्तरिया बजार लगायत सबैलाई पहुँच हुने केहि सार्वजनीक स्थानमा दाउरा वितरण त सुरु गरेउँ तर कम्बल वितरण भने हुन सकेको छैन,कार्यपालीका वैठकको निर्णय पर्खेका छौँ, एकदुई दिनमै वैठक बस्छ होला” मल्लले भने । गोदावरी नगरपालीकाले ८ सय बढी जेष्ठ नागरिकलाई कम्बल वितरण गर्ने पुर्व तयारी गरेको मल्लले बताए । शीतलहरजस्ता विपद् न्युनिकरणको अधिकार स्थानीय तहसंग भएपनी समयमै ध्यान नपुर्याउँदा प्रभावकारी हुन सकेको छैन ।

महाकाली बेसीन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीका अनुसार हिजो बुधबार कैलालीको न्युनतम तापक्रम ८.६ डिग्री सेल्सियस रहेको थियो भने अधिकतम तापक्रम ११.२ डिग्री सेल्सियस रहेको थियो । शीतलहर नभएर घाम लागेको दिन न्युनतम तापक्रम ३० डिग्री सेल्सियस सम्म पुग्ने भएपनी शीतलहरहुँदा तल झर्ने उनले बताए ।