
डोटी – डोटीको शिखर नगरपालिकामा पौष २५ गते निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ । डोटी स्थित नेपाली सेनाको भैरव प्रसाद गणको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय डोटी,जिल्ला अस्पताल डोटी ,डिभिजन वन कार्यालय र कृषि ज्ञान केन्द्र डोटीको सहकार्यमा शिखर नगरपालिका ११ को बारपाटामा स्वास्थ्य शिविरको आयोजना गरीने भएको हो । एकदिने का खस्वास्थ्य शिविरसाथै विभिन्न कार्यक्रम गर्न लागिएको भैरव प्रसाद गणका गणपति जनमत बहादुर कार्कीले बताएका छन् ।
चिसो मौसममा वृद्ध,नवजात शिशु लगायत सुत्केरी महिलाहरुलाई लक्षीत गरी शिविरको आयोजना गरीएको कार्कीले बताए ।बारपाटामा सोहि दिन कृषि सम्बन्धि जनचेतनामूलक कार्यक्रम ,बिउ बिजन वितरण,फलफूलका बिरुवा वितरण,किशोरीहरुका लागी आत्मरक्षा तालीम ,स्थानीय कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम ,हानिकारक प्रथा परम्परा सम्बन्धि जनचेतना मुलक सडक नाटक र नेपाली सेना सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरिने बताईएको छ ।

कार्यक्रम पौष २५ गते सोमबार बिहान ९ बजे देखी बेलुकी ५ बजे सम्म संचालन हुने भैरव प्रसाद गणले जनाएको छ ।














