सेती नदीमा बगेर डोटीका एक युवकको मृत्य

Image
फाइल फोटो
maya metro

डोटी – सेती नदीमा बगेर डोटीका एक जनाको मृत्युु भएको छ । शनिवार दिपायल पिपल्ला पक्की पुल नजिकै नुहाउने क्रममा बगेर दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ पिपल्लाका जोगी बिकका ३२ वर्षिय छोरा तेज बिकको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

दिउँसो साढे ३ बजेतिर बिक नदीमा बगेर बेपत्ता भएको खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायब निरीक्षक रुप सिंह थापाको कमान्डमा खटिएको प्रहरी टोलीले उनलाई बगेको स्थान देखि दुई सय मिटर तल बेहोस अवस्थामा फेला पारेको थियो ।

nisarga

बेहोस अवस्थामा फेला परेका बिकलाइ उपचारका लागि शैलेश्वरी अस्पताल दिपायलमा लगिएको र डाक्टरले ४ बजेतिर मृत घोषणा गरेको जनाईएको छ । बिकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीको शव गृहमा राखिएको छ ।