
डोटी – डोटीका २० जना महिलालाई सिलाई कटाई तालिम प्रदान गरीएको छ । सैनीक श्रीमती संघको आयोजना तथा नेपाली सेना व्यवसायीक तालिम केन्द्र छाउनीको सहयोगमा उनीहरुलाई सिलाई कटाईको पहिलो चरणको तालिम दिईएको हो । सिलगढी स्थित नेपाली सेनाको भैरव प्रसाद गणमा तालिम सञ्चालन गरीएको थियो ।
तालिममा जिल्लामा रहेका नेपाली सेनाका बहालवाला तथा भू.पू. सैनिकका श्रीमतीहरु, वीरगति प्राप्त सैनिकका परिवारहरु, एकल महिला, घाईते सैनिकका परिवाहरु गरी २० जना सहभागी भएको जनाईएको छ । गत भदौ ६ गते सञ्चालन भएको उत्त तालिमको बुधबार एक औपचारिक कार्यक्रममा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै समापन गरीएको छ ।

तालिम समापन कार्यक्रममा बोल्दै सैनिक श्रीमती संघ, श्री नं. ५ बाहिनी अड्डाकी सल्लाहकार कृष्णा शाहले सिलाई कटाई तालिमले महिलाहरुलाई स्वरोजगार बनाउन सहयोग गर्ने विश्वास व्यत्त गरीन् । स्वरोजगार भए अरुमा आश्रीत हुन नपर्ने बताँउदै उनले सिकको सिपको उपयोग गर्नपनी प्रशिक्षार्थीहरुलाई आग्रह गरीन् । समापन कार्यकममा बोल्दै भैरव प्रसाद गणका गणपति जनमत बहादुर कार्कीले तालिममा सिकेको सिपको उपयोग गरी आत्मनिर्भर बन्न आग्रह गरे । आर्थीक रुपमा महिला स्वयम आत्मनिर्भर भए सामाजिक रुपान्तरणमा समेत टेवा पुग्ने उनले विश्वास व्यत्त गरे ।














