डडेल्धुरामा फाल्गुन ४ गतेदेखी महोत्सव लाग्ने

Image
maya metro

डडेल्धुरा – डडेल्धुरामा फाल्गुन ४ गतेदेखी महोत्सव लाग्ने भएको छ ।

डडेल्धुरा उद्योग वाणिज्य संघले ‘सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं पाँचौं डडेल्धुरा महोत्सव–२०७९’ आयोजना गर्ने भएको हो ।

nisarga

महोत्सवमा सर्वसाधारणका लागि ७५ विद्यार्थीका लागि ५० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। विद्यालय तथा क्याम्पसका विद्यार्थी विद्यालयको पत्रसहित टोलीमा आए १० प्रतिशत छुटको पनि व्यवस्था गरिएको छ।

‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएकालाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेश तथा ७५ वर्षभन्दा माथिका उमेरका वृद्धवृद्धालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाइएको छ। महोत्सव बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिनेछ। महोत्सव १४ गतेसम्म चल्नेछ ।

महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्नका लागि संघले विभिन्न ११ वटा समिति बनाएको छ। महोत्सव मुल आयोजक समिति डडेल्धुरा उद्योग वाणिज्य संघको कार्यकारणी समिति हुनेछ। १५१ सदस्यीय महोत्सव सल्लाहकार समिति बनाइएको छ। उद्योग वाणिज्य संघले महोत्सव सम्पन्न गर्न ७२ लाख रुयैयाँ खर्च हने अनुमान गरेको छ। डडेल्धुरा उद्योग वाणिज्य संघले यसअघि विं.स. २०६५, २०७२, २०७३ र २०७६ सालमा महोत्सव आयोजना गरेको थियो।