डोटीमा पनि एक बालकमा दादुरा संक्रमण

Image
maya metro

डोटी – डोटीको केआईसिंह गाउँपालिका–४ चैनकेसैन गाउँमा आएका एक बालकमा दादुराको सङ्क्रमण देखिएपछि स्वास्थ्य संस्थाले अन्य सङ्क्रमितको खोजी गर्न थालेको छ । दादुरा सङ्क्रमित बालक भेटिएपछि अन्य बालबालिकामा पनि सरेकाे हुन सक्ने आशङ्कामा वडा तथा गाउँभरीमा निगरानी थालिएको दुर्गामाण्डौ स्वास्थ्य चौकीले जनाएको हाे ।

कैलालीको गौरीगंगाका १८ महिने बालक डोटीमा रहेका आफन्तको घरमा आएका र उनमा दादुराको लक्षण देखिएकाे स्वास्थ्य चौकीले जनाएकाे छ । पुस २९ गते बालककाे रगत नमुना परीक्षणका लागि धनगढी पठाइएकोमा आइतवार दादुरा पुष्टि भएको केआईसिंह गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।

nisarga

बालकमा दादुरा पुष्टि भएपछि उनी बसेकाे घर वरपर र छरछिमेकमा अन्य सङ्क्रमित भए नभएकाे खोजी भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।दादुरा पुष्टि भएका बालकलाई दादुरा विरुद्धको खोप लगाइएको आफन्तले जानकारी दिएका बताइएको छ ।