सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको आरोपमा डडेल्धुराका सुरत तमोली पक्राउ

Image
maya metro

धनगढी – सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको आरोपमा डडेल्धुराका सुरत तमोली पक्राउ परेका छन्। विगत लामोसमयदेखि फेसबुकको दुरुपयोग गर्दै आएका अमरगढी नगरपालिका वडा नम्बर १ मालमका तमोलीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो।

पत्रकार महासंघ डडेल्धुराले निवेदन दिएपछि उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताए।

nisarga

पत्रकारको आत्मसम्मानमा ठेस पुग्ने र मानहानी हुने किसिमले पटकपटक स्टाटस लेख्ने र यहाँका पत्रकारलाई असुरक्षित बनाउने कार्य निरन्तर गर्दै आएकाले कानूनी कारबाहीको मागसहित महासंघले निवेदन दिएको थियो।

तमोलीले यसअघि पनि पटकपटक जिल्लामा कार्यरत पत्रकारको चरित्र हत्या गर्ने गरी सामाजिक सञ्जालमा स्टाटस हाल्दै आएका थिए।