डडेल्धुराका युवक बैतडीमा मृत फेला

Image
maya metro

बैतडी – डडेल्धुराका युवक बैतडीमा मृत फेला परेका छन्। बैतडीको पाटन नगरपालिका–६ थापला डाँडा भीरमा एक युवक मृत फेला परेका हुन्।

डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ का २७ वर्षीय पदमराज अवस्थी मृत फेला परेको बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

nisarga

बिहीवार दिउँसो ३ बजे मृत फेला परेका अवस्थीको शव घटनास्थलमै रहेको छ। अवस्थीका घरपरिवार आएपछि मात्रै घटनास्थलको काम हुने प्रहरीले जनाएको छ। उनको कसरी मृत्यु भयो भन्ने नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।