डडेल्धुरामा भीरबाट लडेर एक महिलाको मृत्यु

Image
maya metro

डडेल्धुरा – डडेल्धुरामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। परशुराम नगरपालिका–५ परिगाउँकी २६ वर्षीया डम्बरीदेवी धामीको भीरबाट लडेर मृत्यु भएको हो।

मंगलबार बिहान घाँस काट्ने क्रममा गड्बड्यानी भीरबाट लडेर धामीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

nisarga

गाउँका अन्य महिलासँगै घाँस काट्न गएकी धामी भीरबाट करिब एक सय मिटर तल खसेकी थिइन्।