धनगढीदेखि जनकपुरसम्म ‘राज सिंहासन’ एसी सोफा बस सेवा सुरु

Image
maya metro

अत्तरिया – सुदूरपश्चिमलाई धार्मिक नगरी जनकपुरसँग जोड्ने उद्देश्यसहित सुन्दर सुदूपश्चिम यातायात प्रालिले आजदेखि धनगढी–जनकपुर ‘राज सिंहासन’ स्तरिय एसी सोफा बस सेवा सुरु गरेको छ।

दैनिक रुपमा सञ्चालन हुने धनगढी–जनकपुर–धनगढी रुटमा चल्ने यस बस सेवाले लामो दूरीका यात्रुलाई सहज, सुरक्षित र आरामदायी यात्रा प्रदान गर्ने विश्वास लिइएको छ। आधुनिक सुविधायुक्त एसी सोफा सिटसहितको बसले विशेषगरी धार्मिक तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

nisarga

प्रालिका अध्यक्ष पदमराज सापकोटाका अनुसार धनगढीलाई धार्मिक पर्यटन शहर जनकपुरसँग सिधा रूपमा जोड्ने लक्ष्यसहित सेवा सञ्चालनमा ल्याइएको हो। “यस सेवाले यात्रुहरूको समय बचत गर्नुका साथै सहज र आरामदायी यात्रा अनुभव दिलाउनेछ,” उनले भने ।

यस बस सेवामा व्यवसायी श्रवण जयसवाल र उमेश यादवले करोडौं रुपैयाँ लगानी गरेका छन्। उनीहरूका अनुसार गुणस्तरीय सेवा प्रदान गर्दै यात्रुको विश्वास जित्ने लक्ष्य लिइएको छ।

नयाँ सेवा सञ्चालनसँगै सुदूरपश्चिम र मधेस प्रदेशबीचको आवागमन थप सुदृढ हुने र धार्मिक पर्यटनसँगै व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।