
नेपाली सेनाले र्याप गीत सार्वजनिक गरेको छ ।
नेपाली सेनाको अफिसियल युट्युब च्यानलमा ‘रेन्जर’ बोलको गीत सार्वजनिक गरेको हो । सेनामा रेन्जर भन्नाले तालिम प्राप्त विशेष लडाकु हो ।

तीन दिन अघि सार्वजनिक भएको यो गीत आज मध्याह्नसम्म २६ हजार बढीले हेरेका छन् ।
गीतका शब्द प्रताप मगरले लेखेका छन् । बासुदेव धिमाल मुख्य निर्देशन र सिद्धार्थ मोक्तानले सहायक निर्देशनको भूमिका निर्वाह गरेका छन् ।
https://youtu.be/8n37CTQmjIk













