विश्वमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो‚ एकै दिन थपिए साढे २० लाख संक्रमित

Image
maya metro

विश्वमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। पछिल्लो २४ घण्टामा २० लाख ४९ हजार १०० जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिनभन्दा ९ लाख बढी संक्रमित थपिएका हुन्। अघिल्लो दिन विश्वभर साढे ११ लाख संक्रमित भेटिएका थिए।

पछिल्लो २४ घण्टामा अमेरिकामा मात्र ५ लाख ३९ हजार ३०० जनामा कोरोना संक्रमण भएको छ। यस्तै‚ फ्रान्समा २ लाख ७१ हजार ६००, बेलायतमा २ लाख १८ हजार ७०० संक्रमित भेटिएका छन्।

nisarga

यस्तै‚ इटलीमा १ लाख ७० हजार, स्पेनमा १ लाख १७ हजार ७००, अर्जिन्टनामा ८१ हजार २००, टर्कीमा ५४ हजार ७०० र भारतमा ५१ हजार ७०० जना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कोरोना संक्रमितको कुल संख्या २९ करोड ५३ लाख १० हजार पुगेको छ।

यसैबीच पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाबाट ५ हजार ९०० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकमा १ हजार ७४८, रुसमा ८३४, पोल्याण्डमा ४३३, जर्मनीमा ३९७, इटलीमा २२२ र ब्राजिलमा १३९ जनाको मत्यु भएको छ। यससँगै कुल मृतकको संख्या ५४ लाख ७२ हजार ६२५ पुगेको छ।