
काठमाडौँ – नेकपा एमालेका नेता डा। भीम रावलले पार्टी नछाड्ने भएका छन् ।
अछाम क्षेत्र नम्बर १ बाट सिफारिस हुँदा पनि अध्यक्ष केपी शर्मा ओलीले टिकट खोसिदिएपछि आक्रोशित उनले बिहीबार पत्रकार सम्मेलन गर्दै पार्टीमै बसेर संघर्ष गर्ने बताएका हुन्।

ओलीमाथि दर्जनौँ आरोप लगाएका उनले अहिलेको अवस्थामा मंसिर ४ गते हुने आमनिर्वाचनमा पार्टीलाई जिताउनु आफ्नो प्राथमिकता रहेको बताएका छन्।
उनले अन्तिम बिन्दुसम्म पनि पार्टीलाई ठीक ठाउँमा ल्याउने विश्वास आफूमा रहेको बताए।
जसरी अहिले दक्षिणपन्थी र प्रतिक्रियावादीहरूसँग एमालेले साँठगाँठ गरेको छ। यो विकृत अवस्थाबाट पार्टीलाई बाहिर निकाल्न सकिने मलाई विश्वास छु, उनले भने, एमाले कसैको कम्पनी र व्यक्तिगत सम्पत्ति पनि होइन।
एमालेसँग करोडौं जनता र कार्यकर्ताको भरोसा छ। त्यसैले म अन्तिम बिन्दुसम्म पनि पार्टीमै बसेर संघर्ष गर्न तयार छु।
रावलले अछाम १ को टिकट ओलीले खोसे पनि आफू पार्टीलाई जिताउन निर्वाचनमा होमिने बताए।














