
अछाम – अछामका उम्मेदवार मत माग्न सर्वसाधारणका घरखेतमै पुग्न थालेका छन् ।
घरखेतको काममा व्यस्त रहेका व्यक्तिसम्मै पुगेर विकासे योजना सुनाएर मत मागिरहेका छन् । उम्मेदवारले रोजगारी, सडक, पुलपुलेसा, खानेपानी, गुणस्तरीय शिक्षाको मुद्दा लिएर मत माग्न थालेका हुन् । घरदैलो भेटघाटको योजना बनाएर बारीको धान, कोदो भिœयाउने र खेतगह्रा खनजोतमा रहेका कृषकमा पुगेर मत माग्न थालेका हुन् ।

उम्मेदवार मत माग्दै कृषकसँग धान चुट्ने, जोत्ने काममा एकछिन सहयोगसमेत गर्न थालेका दृष्यहरू पनि देखिएका छन् ।
निर्वाचन आयोगले उम्मेदवारको प्रचारप्रसार अभियानमा नारा, जुलुस, सभा, समारोह र आमसभा गर्न मतदान हुने दिनअघिको १७ दिन मात्रै गर्न पाउने नियम बनाएपछि यतिबेला उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन् ।
गोरखापत्रबाट














