बाजुरामा झडप हुँदा घाइते भएका अनेरास्ववियुका नेता अयडिको मृत्यु

Image
maya metro

बाजुरा – बाजुराको त्रिवेणि नगरपालिका वडा नम्बर -७मा हिजो बेलुका कांग्रेस एमाले कार्यकर्ता बिच झडप हुँदा गम्भीर घाइते भएका अनेरास्ववियुका नेता चेतन अयडिको मृत्यु भएको छ।

उनको उपचारको क्रममा बयलपाटा अस्पताल अछाममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सूर्य थापाले बताए ।अन्दाजी ३२ वर्षीय अयडी बाजुरा क्याम्पसका स्ववियु सभापति समेत रहेका थिए।

nisarga

आइतबार मतदानका क्रममा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय सुरेन्द्र अयडीको मृत्यु भएको थियो। उनी नेपाली कांग्रेसका कार्यकर्ता हुन्।