अछाम–२ को प्रदेशसभा (२) मा कांग्रेसका मानबहादुर रावल निर्वाचित

Image
maya metro

अत्तरिया – अछाम निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका उम्मेदवार मानबहादुर रावल निर्वाचित भएका छन्।

गठबन्धनका साझा उम्मेदवार रहेका रावल ११ हजार २१६ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

nisarga

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवप्रसाद उपाध्यायले ८ हजार ६६४ मत प्राप्त गरे। राप्रपाका उम्मेदवार दीपक विष्टले २०३ र स्वतन्त्र उम्मेदवार नृप विष्टले १९६ मत प्राप्त गरे। विजयी रावल नेपाल प्रहरीका पूर्व एसएसपी हुन्।