बाजुरामा मतगणना सुचारु गर्न निर्वाचन आयोगको निर्देशन

Image
maya metro

काठमाडौँ – निर्वाचन आयोगले पुनः मतदानको माग गर्दै मतगणना अबरुद्ध भएका बाजुरामा मतगणना सुचारु गर्न  निर्देशन दिएको छ।

बुधबार बसेको आयोग पदाधिकारीहरुको बैठकले बाजुरा र स्याङ्जा २ मा मतगणना सुचारु गर्ने निर्णय गरेको हो। स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराका केही मतदान केन्द्रमा भएको विवाद कसरी समाधान गर्ने भन्ने विषयमा आयोग पदाधिकारीबीच भएको छलफलले मतगणना गर्ने निष्कर्ष निकालेको बताइएको छ।

nisarga

आयुक्तहरुबीच मतगणना गर्ने कि मतदानमा जाने भन्ने विषयमा विवाद भएको थियो। ती दुई जिल्लाका केही मतदान केन्द्रमा धाँधली गरिएको, मृत्यु भएका व्यक्तिहरुको नाममा समेत मतदान गरिएको उजुरी आयोग समक्ष परेपछि मंसिर ४ गते भएको चुनावको मत गणना सुरु समेत हुन सकेको छैन।

बाजुरामा एमाले र काँग्रेसले एक–अर्कालाई बुथ कब्जा गरेको आरोप लगाइरहेका छन्। एमालेले पुनः मतदानको माग गर्दै आएको थियो भने काँग्रेसले मतगणना थाल्नुपर्ने भन्दै आएको थियो ।